नेपाल र वेष्ट इण्डिज ‘ए’बीचको अन्तिम खेल आज हुँदै

नेपाल र वेष्ट इण्डिज ‘ए’बीचको अन्तिम खेल आज हुँदै

काठमाडौं : नेपाल र वेष्ट इण्डिज ‘ए’ बीच पाँच खेलको टी२० सिरिजअन्तर्गत आज अन्तिम खेल हुँदैछ।

खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरू हुनेछ। पाँच खेलको सिरिज वेष्ट इण्डिज ‘ए’ले अन्तिम खेल अगावै ३-१ ले जितिसकेको छ।

सिरिजको पहिलो खेल जितेको नेपालले त्यसपछिका तीन खेल लगातार गुमाएको हो।

गत शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको नेपालले  दोस्रोमा १० र तेस्रोमा ७६ र चौथो खेलमा २८ रनले पराजित भयो।

आगामी जुनमा आयोजना हुने आईसीसी टी२० विश्वकपको तयारीका क्रममा नेपाल र वेष्ट इण्डिज ‘ए’ बीच मैत्रीपूर्ण खेल भइरहेको हो। विश्वकप खेल्ने नेपाली टोलीलाई शुक्रबार नै बिदाई गरिसकिएको छ।

सिरिज सकेर नेपाली टोली विश्वकपका लागि त्यसतर्फ प्रस्थान गर्नेछन्।

विश्वकप जुन २ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इण्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ।

विश्वकपमा नेपाल समूह ‘डी’ समूहमा छ  नेपालले खेल्ने समुहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन्।

वेष्ट इण्डिजले भने समूह ‘सी’ बाट विश्वकप खेल्दैछ।

२२ बैशाख, २०८१, ०७:४१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।