रास्वपाले स्वीकार्यो- 'इलाममा हामीलाई जनताले घन्टी बजाइदिए, बेलैमा सचेत भयौं'

रास्वपाले स्वीकार्यो- 'इलाममा हामीलाई जनताले घन्टी बजाइदिए, बेलैमा सचेत भयौं'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनबाट आफूहरूले सचेत हुने मौका पाएको बताएको छ। 

शुक्रबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा बसेको सचिवालय बैठकले उपनिर्वाचन परिणाम पार्टी संगठन, अभियानलाई पुनर्विचार गर्ने अवसर भएको निष्कर्ष निकालेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए।

जनताले बेलैमा घण्टी बजाएर सचेत बनाइदिएको भन्दै अब पार्टीलाई व्यवस्थित गरेर लैजाने बैठकको निर्णय छ। 

महामन्त्री डा. मुकुल ढकालले भने, '२०८४ मा यस्तो परिणाम आए हामीलाई ठूलो क्षति पुग्ने थियो। जनताले बेलैमा घण्टी बजाइदिएका छन्। आजको बैठकको निष्कर्ष यही थियो। अब हामी पार्टी, संगठनलाई पुनः व्यवस्थित गर्नेछौं।'

इलाममा रास्वपालाई नजिताएर जनताले सांकेतिक घण्टी बजाइदिएकाले अब पार्टीलाई  पुनः मूल्यांकन गरेर अघि बढ्न जरूरी देखिएको पनि उनको भनाइ छ। 

वैशाख २१, २०८१ शुक्रबार २१:५५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।