न्यायपालिकाबाट प्रेस स्वतन्त्रतालाई अप्ठेरो पार्ने गरी निर्णय हुन थाल्यो : महासंघ अध्यक्ष पोखरेल

न्यायपालिकाबाट प्रेस स्वतन्त्रतालाई अप्ठेरो पार्ने गरी निर्णय हुन थाल्यो : महासंघ अध्यक्ष पोखरेल

काठमाडौं : पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले यो वर्ष राज्य र गैर राज्यपक्षबाट ६२ वटा प्रेस स्वतन्त्रता हनन्का घटना भएको बताएका छन्।

पोखरेलले कार्यपालिका र व्यवस्थापिका मात्रै नभएर न्यायपालिकाले समेत प्रेस स्वतन्त्रतामाथि  अप्ठ्यारो पार्ने खालको निणर्य गर्न थालेको भन्दै टिप्पणी गरेका छन्।

विश्व प्रेस स्वतन्त्रता दिवस २०२४ को अवसरमा आज अध्यक्ष पोखरेलले यो वर्ष (२०८० मे ३ देखि २०८१ मे ३) सम्म प्रेस स्वतन्त्रता हनन्का विभिन्न ६२ वटा घटना भएको जानकारी दिए।

उनले भने, ‘२०८० मे ३ देखि २०८१ मे ३ सम्मको रिपोर्ट हेर्दा ६२ वटा प्रेस स्वतन्त्रता हनन्का घटनाहरु भएका छन्। धम्की, दुर्व्यवहार, गिरफ्तारी, कब्जा पेशागत सुरक्षा,जस्ता विषयबाट थुप्रै पत्रकारहरु पीडित बनेको अवस्था छ।’

अध्यक्ष पोखरेलले न्याय पालिकाले समेत प्रेस स्वतन्त्रतामाथि अप्ठ्यारो पार्ने गरी निर्णय गर्न थालेको र त्यसले राज्यका हरेक अंगले प्रेसप्रति अनुदारता बन्दै गइरहेको भन्दै आजको दिनमा प्रेस स्वतन्त्रताको मुद्दा अझ बढी छलफलको विषय बनेको बताए।

उनले थपे, ‘अहिले पनि कार्यपालिका,व्यवस्थापिका मात्रै होइन न्यायपालिकाका निणर्यहरुपनि प्रेस स्वतन्त्रतालाई कतै कतै अप्ठ्यारोमा पार्ने ढंगको आउन थालेका छन्।’

यस्तै, पोखरेलले आफ्ना क्षेत्रको कमजोरीलाई हटाउँदै सञ्चार क्षेत्रलाई श्रम शोषण मुक्त क्षेत्रको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए।

वैशाख २१, २०८१ शुक्रबार ११:३५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।