३१औं विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघको महाधिवेशन पनि आजै

३१औं विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघको महाधिवेशन पनि आजै

काठमाडौं : आज ३१औं विश्व प्रेस स्वतन्त्रता दिवस।

‘विश्वका लागि प्रेस : वातावरणीय संकटको सामनामा पत्रकारिता’ भन्ने नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै विश्वभर मनाइँदैछ।

दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम हुँदैछन्।

‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाउने गरिएको छ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो।

दिवसका अवसरमा शुक्रबारदेखि काठमाडौंमा नेपाल पत्रकार महासंघको २७औं महाधिवेशन हुँदैछ। बिहान शान्तिवाटिकादेखि प्रदर्शनीमार्गसम्म पत्रकारहरूले बृहत् र्याली निकाल्दैछन्। 

त्यसपछि महासंघको महाधिवेशनमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

वैशाख २१, २०८१ शुक्रबार ०८:०५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।