कोशी र गण्डकीको पहाडी भागका पानी पर्ने सम्भावना

कोशी र गण्डकीको पहाडी भागका पानी पर्ने सम्भावना

काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण अहिले देशको पहाडी भूभागमा आंशिक बदली छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागमा मौसम मुख्यतया सफा छ।

बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली भई बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशको पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाको सम्भावना छ।

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना छ।

वैशाख २०, २०८१ बिहीबार ०७:०८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।