'जारी'मा लक्की भएका निर्देशक उपेन्द्रको 'मनसरा'को लेखाजोखा के होला!
काठमाडौँ : फिल्मको मापनमा बजार हावीहुँदा राम्रो कि नराम्रोको मापनमा गुणस्तर भन्दा कलेक्सनको महत्त्व बढेको छ। त्यसैले त जति कमजोर फिल्म भए पनि बक्स अफिस कलेक्सन बलियो भयो भने फिल्मले हिट ट्याग पाइहाल्छ।
काव्यिक मिठास नभएको हैन गत वर्ष प्रदर्शित जारीमा। अर्ग्यानिक प्रेमको कथा क्षमता अनुसारको इमानदारीताका साथ प्रस्तुत गरेका थिए निर्देशक उपेन्द्र सुब्बाले। निर्देशनमा डेब्यु गरेको फिल्म कमजोरीसहितै दर्शकले स्वीकार गरे। ब्यवसायीक रूपमा फिल्म २०८० मा सर्वाधिक कमाई गर्ने फिल्म बन्यो।
कविको परिचय हिट फिल्मका निर्देशकमा बदलियो उपेन्द्रले। उनले अधिकांश जारीकै कलाकार लिएर दोस्रो फिल्म ‘मनसरा’ बनाए जुन शुक्रवार रिलिज हुँदैछ। कलाकारमा दयाहाङ राई, मिरुना मगर छुटेका छैनन्। प्रवीण खतिवडा थपिएका छन्।
जारीमा जस्तै उपेन्द्रले मनसराको संवादमा पनि काव्यिक मिठास दिएका छन्। बुधवार पुलचोकस्थित लबिङ मलको हलमा फिल्मको प्रिमियर हेरका अधिकांशले सकारात्मक प्रतिक्रिया दिएका थिए।
प्रिमियरमा उपस्थित भएकाले फिल्मको राम्रो तारिफ गरेपछि निर्देशक उपेन्द्र ,फिल्मका मुख्य अभिनेता प्रवीण अनि मिरुना दङ्ग देखिन्थेँ।
फिल्मका अर्का कलाकार दयाहाङ राई भने उपस्थित थिएनन्। उनी अर्को फिल्म ‘डिग्री माइला’को प्रदर्शनमा बेलायत पुगेका छन्। तर प्रिमियरमा उपस्थित भएका अधिकांशले दयालाई यो फिल्मबाट मिस गरेको पाइएन। उनको खोजीमा भने कोही लागेको देखिएन ।
फिल्मको तारिफ पाएका उपेन्द्रले दोस्रो फिल्मबाट पनि ‘जारी’झैँ पैसा कमाउँछन् त भन्ने प्रश्नको उत्तर भने ' फिल्म चल्नु पर्यो नि हैन र ?'
वैशाख २०, २०८१ बिहीबार ००:०२:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।