उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको बैठक बस्दै

उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको बैठक बस्दै
फाइल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ।

पार्टीको केन्द्रीय समितिको बैठक वैशाख २९ गते बस्ने महासचिव डा. मुकुल ढकालले जानकारी दिए।

बैठकमा उपनिर्वाचनको समीक्षा, समसामयिक राजनीतिक परिस्थितिबारे छलफल लगायतका एजेन्डामाथि छलफल हुनेछ। 

केन्द्रीय समिति बैठकको कार्यसूची तय गर्न रास्वपाको सचिवालय बैठक आगामी शुक्रबार बस्नेछ। 

त्यस्तै, संसदीय दलको बैठक वैशाख २४ गते बस्ने महामन्त्री ढकालले बताए। 

वैशाख १९, २०८१ बुधबार २०:०९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।