विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा, यी ३ जनाले पाए मौका
काठमाडौं : नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको घोषणा गरेको छ।
बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।
टोलीमा तीव्र गतिका अनुभवी बलर सोमपाल कामी र करन केसी तथा कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी लगायतले स्थान पाएका छन्।
विवेक यादव टोलीमा परेका छैनन् भने प्रतिश जीसी, सन्दीप जोरा र अनिल साहले टोलीमा अवसर पाएका छन्। आरिफ शेख, विनोद भण्डारी र लोकेश बम भने टोलीमा छैनन्।
नेपाल प्रतियोगिताको समूह डी मा नेदरल्याण्ड र अन्य तीन टेष्ट खेल्ने राष्ट्र बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिकासँगै छ। उनीहरुले जुन ४ मा नेदरल्याण्ड्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछन्।
नेपालले दश वर्षपछि टी–२० विश्वकप खेल्ने भएको छ। यो विश्वकपमा नेपालको दोस्रो सहभागिता हो।
विश्वकप खेल्ने नेपाली टोलीमा आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, ललित राजवंशी, सागर ढकाल र कमलसिंह ऐरी र अनिलकुमार शाह रहनेछन्।
वैशाख १९, २०८१ बुधबार १९:०२:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।