पेट्रोलको मूल्य यथावत्, डिजेल र मट्टितेलको दुई रुपैयाँ घट्यो

पेट्रोलको मूल्य यथावत्, डिजेल र मट्टितेलको दुई रुपैयाँ घट्यो

काठमाडौँ : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको छ। निगम सञ्चालक समिति बैठकले पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य यथावत् राख्दै डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य घटाउने निर्णय गरेको हो।

निगमले सार्वजनिक गरेको सूचनामा पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्ज क्षेत्रमा एक लिटर डिजेल–मट्टितेलको मूल्य १५६ रुपैयाँ ५० पैसा पुगेको उल्लेख छ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा एक लिटर डिजेलको मूल्य १५८ र तेस्रो वर्ग अन्तर्गत काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा १५९ रुपैयाँ पुगेको छ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र बाह्यतर्फ ७ डलर वृद्धि गरिएको निगमको सूचनामा उल्लेख छ।

१८ बैशाख, २०८१, २१:४२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।