ललितपुरको बडिखेल वनमा लागेको डढेलोबाट एकको मृत्यु

ललितपुरको बडिखेल वनमा लागेको डढेलोबाट एकको मृत्यु
प्रतिकात्मक तस्बिर

काठमाडौं : ललितपुरको गोदावरीस्थित बडिखेल वनमा लागेको डढेलोमा जलेर एकको मृत्यु भएको छ। 

डढेलो निभाउने क्रममा मंगलबार घाइते भएका स्थानीय शंकर पहारीको मृत्यु भएको हो।

जलेर गम्भीर घाइते भएका उनलाई कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए।

सोही डढेलो निभाउने क्रममा जलेर अरू दुईजना घाइते छन्। कीर्तिपुर अस्पतालमै एक जनाको उपचार जारी छ। राष्ट्रिय ट्रमा सेन्टरमा अर्का एक घाइतेको उपचार भइरहेको गोदावरी नगरपालिकाले जनाएको छ। 

गोदावरीकै लेले क्षेत्रको आनन्द वनमा सोमबार रातीदेखि लागेको डढेलो नियन्त्रणका निम्ति प्रहरी, स्थानीय तह तथा स्थानीयहरू जुटेका छन्।

१८ बैशाख, २०८१, १५:१०:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।