काठमाडौंमा ढकमक्क फुलेको नीरफूल (फोटो कथा)

काठमाडौं : काठमाडौंका घण्टाघर, भद्रकाली, सहिदगेट, रत्नपार्क लगायतका विभिन्न स्थानमा यतिबेला बैजनी रङका ज्याकरन्डा फूलले सहरी सौन्दर्य बढाएको छ। वसन्त ऋतुको याममा धेरै ठाउँ बेसार रङको काइँयो पनि फुलेको छ। हावाले फूल सडकमा झार्दा धेरै ठाउँ बैजनी गलैँचा जस्तो झल्को दिएको छ।
बर्सेनि यही बेला फुल्ने बैजनी रङका फूल काठमाडौं उपत्यकाले देख्न थालेको करिब दुई सय वर्ष भएको मानिन्छ।ज्याकरन्डा फूल रैथाने वनस्पति भने होइन। यसलाई धेरैले झट्ट हेरेर रैथाने शिरीषको प्रजाति ठान्छन्। तर, यो शिरीष होइन। दक्षिण अमेरिकाको रैथाने यो वनस्पति सहरी सौन्दर्यका लागि संसारका विभिन्न मुलुकमा लगाउने गरिएको छ।
युरोप, अफ्रिका हुँदै ज्याकरण्डा एसियाली मुलुकमा भित्रिएको मानिन्छ। जो होस् यो फूल जहाँ यतिबेला फुलेका छन्, उपत्यकाका ती सडक र गल्लीको सौन्दर्य नै छुट्टै बनेको छ।
वैशाख १७, २०८१ सोमबार १६:४०:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।