इजरायली बमबारीमा रफाहमा ३० जनाको मृत्यु भएको हमासको दावी

इजरायली बमबारीमा रफाहमा ३० जनाको मृत्यु भएको हमासको दावी

एजेन्सी : हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली बमबारीका कारण दक्षिणी गाजा सहर रफाहमा कम्तीमा ३० जनाको मृत्यु भएको दाबी गरेको छ ।

इजरायली बमबारीमा धेरै घाइते भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

इजरायलबाट लगातार दावी भइरहेको छ कि तिनीहरू रफाहमा आक्रमण गर्न प्रतिबद्ध छन्।

गाजाको रफाह सहरमा १० लाखभन्दा बढी प्यालेस्टिनी नागरिकले शरण लिएका छन् ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली आक्रमणमा ३४ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ ।

गाजामा भइरहेका युद्ध रोक्न कूटनीतिक कदम चालिएको छ। शान्ति वार्ताका लागि हमासको प्रतिनिधिमण्डल कायरोमा रहेको छ ।

हमासका एक अधिकारीले इजरायलको युद्धविराम र बन्धकहरूको रिहाइको पछिल्लो प्रस्तावमा आफूलाई कुनै आपत्ति नभएको बताएका छन्। तर यो विषयमा छलफल हुने कुनै संकेत भने छैन ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन साउदी अरबमा छन् र उनले यो सम्झौता कार्यान्वयन गर्ने प्रयासका बारेमा कुरा गर्नेछन्।

१७ बैशाख, २०८१, १२:४०:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।