नेपाललाई वेस्ट इन्डिजले दियो एक सय ६१ रनको चुनौती

नेपाललाई वेस्ट इन्डिजले दियो एक सय ६१ रनको चुनौती

काठमाडौँ : नेपाल र वेस्टइन्डिज ए बिच पाँच दिवसीय टी–२० को दोस्रो खेलमा वेस्ट इन्डिजले नेपाललाई १६१ रनको चुनौती दिएको छ। नेपालको स्पिनरहरूको दबाबमा परेको वेस्ट इन्डिजका खेलाडीहरूले निर्धारित २० ओभरमा विकेट गुमाएर रन बनाएका हुन्।

वेस्ट इन्डिजले टस जितेर ब्याटिङ रोजेको थियो। वेस्ट इन्डिज १७ ओभरको खेल सकिदा एक सय १५ रन जोडेको थियो भने सात विकेट गुमाएको थियो।

वेस्टइन्डिजका आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित सर्वाधिक ४३ रन बनाएका थिए। जोनसन चाल्र्स ११, एलिक एथानाजे ६, रोश्टन चेश २३, केसी कार्टी १०, किमो पल ८ र हेयडन वाल्स ९ रन बनाए। गुडाकेश मोतीले  ३३ रनमा नट आउट रहे। म्याथ्यु फर्ड ११ रनमा नट आउट रहे।

नेपालको तर्फबाट सागर ढकालले २, कुशल भुर्तेलले २, दीपेन्द्र ऐरी २ र सोमपाल कामी १ विकेट लिएका थिए।

विश्वकपको तयारी अन्तर्गत कीर्तिपुरमा नेपाल र वेस्टइन्डिज ए बीच पाँच दिवसीय टी–२० को दोस्रो खेल भइरहेको हो। पहिलो खेल नेपालले जितेको थियो।

१६ बैशाख, २०८१, १३:४७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।