राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी गरेका छन्। 

मन्त्रिपरिषद्को सिफारिसअनुसार आइतबार राष्ट्रपति पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। 

'राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गर्नु भएको छ,' प्रवक्ता भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

संसद अन्त्य भएपछि सरकारले नीतिगत र व्यवसाय सुरू गर्दा लाग्ने प्रक्रियागत झन्झटमा सुधारका लागि ९ वटा ऐनलाई अध्यादेशमार्फत् संशोधनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। नेपालमा लगानी गर्न चाहनेहरूलाई सहजीकरण गर्न  आवश्यक कानुनका लागि सरकारले अध्यादेश ल्याएको बताइएको छ।  

१६ बैशाख, २०८१, ११:३८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।