ओलीले भने : 'म पनि एकप्रकारको सन्त नै हुँ'

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सम्पत्ति कमाउने कुनै लोभलालच नभएको बताएका छन्।
शनिबार सुनसरीको चतराधामस्थित कुम्भ मेलामा पुगेका आफूसँग सम्पत्ति नरहेको भन्दै भएको समेत दान गरिसकेको बताए।
आफू एकप्रकारको सन्त नै भएको ओलीको भनाइ छ।
उनले कोसी क्षेत्र सप्तऋषिहरूले तपस्या गरेको पवित्र भूमि भएकाले धार्मिक इतिहाससँग जोडिएको स्थानको विकासका निम्ति सदैव सहयोग गर्ने प्रतिबद्धता जनाए।
उनले देश, जनता र मावन कल्याणका निम्ति समर्पित हुँदै समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा आफ्नो ध्यानकेन्द्रित रहेको बताए।
उनले बराहक्षेत्र देवभूमि, पून्यभूमि, तपोभूमि र ज्ञानभूमि भएको बताउँदै कुम्भ मेलाले सम्पूर्ण मानवलाई एकताबद्ध गराएको बताए।
‘बराहक्षेत्रमा लागेको कुम्भ मेलाले विश्व मानवमा बन्धुत्व, भातृत्व, मित्रता, सद्भाव र सहअस्तित्व कायम गरेको छ,’ ओलीले भने ‘बराहक्षेत्र ज्ञानको भूमि भएकाले यस्तो पुन्यभूमिको विकास गर्न सरकार लाग्नुपर्छ।’
गत चैत २७ गते सुरु भएको पूर्ण महाकुम्भ मेला यही वैशाख २८ सम्म चल्नेछ।
वैशाख १५, २०८१ शनिबार २०:३७:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।