इलाम–२ मा ६६ हजार मत खस्यो

इलाम–२ मा ६६ हजार मत खस्यो

काठमाडौं : प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत शनिबार इलाम क्षेत्र नम्बर २ मा अपेक्षाभन्दा कम मतदान भएको छ। 

बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिँदा ५७ प्रतिशत अर्थात् करिब ६६ हजार मत खसेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। उक्त निर्वाचन क्षेत्रमा मतदाता संख्या १ लाख १५ हजार ८ सय ८९ छ।

मतदान प्रक्रिया शान्तिपूर्णरूपमा सकिएर मतपेटिका संकलनको काम भइरहेको जानकारी प्रजीअ यादवले दिए। 

मतपेटिका संकलन गरेर इलाम बजारस्थित सिटी हलमा राखिने भएको छ। मतगणनाका लागि सिटी हलमा तारजालीसहित सीसीटीभी क्यामरा जडान गरिएको छ।  मतगणना दुई ठाउँमा गर्ने तयारी छ।

इलाम–२ मा १२ राजनीतिक दलका १२ र ७ स्वतन्त्र गरि १९ जना उम्मेदवार प्रतिस्पर्धी छन्। 

१५ बैशाख, २०८१, १८:२१:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।