लाइफटाइम ब्याट्री ​​​​​​​भएको दाबी गर्दै टिभिएस आईक्यूब इलेक्ट्रिक स्कुटर सार्वजनिक

लाइफटाइम ब्याट्री ​​​​​​​भएको दाबी गर्दै टिभिएस आईक्यूब इलेक्ट्रिक स्कुटर सार्वजनिक

काठमाडौं : जगदम्बा मोटर्स र टिभिएस मोटर कम्पनीले लाइफटाइम ब्याट्री भएको दाबी गर्दै टिभिएस आईक्यूब इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ। 

ब्याट्रीको टिकाउपन, वारेन्टी र लागतलाई सम्बोधन गर्दै टिभिएसले आईक्यूब मार्फत नेपालमा इलेक्ट्रिक स्कुटरलाई प्रयोगमा ल्याउने उद्देश्य राखेको छ।

ब्याट्री एस्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आईक्यूबका ग्राहकले ७० प्रतिशत एसओएच (स्टेट अफ हेल्थ) सम्मको ब्याट्री लाइफ प्राप्त गर्ने छन्। नेपालमा टिभिएस आईक्यूब र टिभिएस आईक्यूब एस गरी टिभिएस आईक्यूबका दुई मोडलहरू उपलब्ध हुनेछ।

कम्पनीका अनुसार ग्राहकले २ लाख ९९ हजार ९०० रुपैयाँमा टिभिएस आईक्यूब खरिद गर्न पाउने छन्।

टिभिएस आईक्यूवका दुई पाङ्ग्रे सवारी साधनहरुले नेपालमा ४ लाख ११ हजार किलोमिटर यात्रा तय गरेर १० हजार २७५ लिटर इन्धन बचत गरेको छ भने वातावरणमा २३ हजार ७६२ किलो कार्वन उत्सर्जन हुन रोकेको छ।

विश्वमा टिभिएस आईक्यूबका करिब ३ लाख ग्राहकहरूले करिब १.९ अर्ब किलोमिटर यात्रा तय गर्दै ४७ करोड लिटर इन्धनको बचत गर्न सफल भएको र ६९ हजार ५९० टन कार्बन उत्सर्जन हुनबाट रोकेको कम्पनीको दाबी छ।  

११ बैशाख, २०८१, १९:३४:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।