बुधबार १४ माघ, २०८२
६६ वर्षीय वृद्धालाई बलात्कारपछि ज्यान मार्ने धम्की, ५७ वर्षीय पुरुष पक्राउ
काठमाडौं : उदयपुरमा ६६ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका–४ लाकु बस्ने ५७ वर्षीय श्यामशेर राई रहेका छन्।
प्रहरीका अनुसार राईले ती महिलालाई ज्यान मार्ने धम्कीसमेत दिई आइतबार दिउँसो जबर्जस्ती करणी गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो।
पक्राउ परेका राईमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
वैशाख ११, २०८१ मंगलबार १८:२०:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।