घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री थुतेर भाग्दै गर्दा एक पक्राउ

घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री थुतेर भाग्दै गर्दा एक पक्राउ

काठमाडौं : झापामा सुनको सिक्री चोरेर भाग्दै गर्दा एक पुरुष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नम्बर १३ तेलीबारी बस्ने ३९ वर्षीय दिवस राजवंशी रहेका छन्। 

सोमबार साँझ मेचीनगर नगरपालिका वडा नम्बर १३ स्थित पूर्वपश्चिम राजमार्गमा पैदल हिँडिरहेकी २१ वर्षीया रचना आङदम्वेको घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री थुतेर भाग्दै गर्दा राजवंशीलाई फुलवासा खोलाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

अपरिचित व्यक्ति साइकलमा आएर अचानक घाँटीबाट सुनको सिक्री थुतेर फरार भएको खबर पाउनासाथ प्रहरीले राजवंशीलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको जनाएको छ।

राजवंशीलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए। 

११ बैशाख, २०८१, १६:०५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।