केजरीवाललाई जेलमै इन्सुलिन

केजरीवाललाई जेलमै इन्सुलिन

एजेन्सी : जेलमा रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जेलमा इन्सुलिन दिइएको छ।

सराब घोटाला प्रकरणमा तिहाड जेलमा रहेका मधुमेहका बिरामी केजरीवाललाई इन्सुलिनको जरुरी रहेको आम आदमी पार्टीले बताउँदै आएको थियो। यो विषयलाई लिएर भारतीय जनता पार्टी (भाजपा) र आम आदमी पार्टीबीच भनाभन समेत भएको थियो। 

आम आदमी पार्टीका विधायक तथा दिल्ली सरकारका मन्त्री सौरभ भारद्वाजले सामाजिक सञ्जाल एक्समा ट्विट गर्दै यसको बारेमा जानकारी गराएका छन्।

उनले ट्विट गर्दै भनेका छन्, 'अन्ततः जेल प्रशासनले मुख्यमन्त्रीजीलाई बढ्दो सुगरको लागि इन्सुलिन दिएको छ। आज देशको राजधानीका मुख्यमन्त्रीलाई इन्सुलिन लिनको लागि अदालत जानु परिरहेको छ।' 

वैशाख ११, २०८१ मंगलबार १४:२५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।