अष्ट्रेलियाका प्रधानमन्त्री र एलन मस्क आमनेसामने

अष्ट्रेलियाका प्रधानमन्त्री र एलन मस्क आमनेसामने

एजेन्सी : अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र सामाजिक सञ्जाल प्लेटफर्म एक्सका मालिक एलन मस्क आमनेसामने भएका छन्।

गत साता सिड्नीको एक चर्चका निरीक्षक (बिशप)माथि चक्कु प्रहारको फुटेजलाई लिएर दुई आमनेसामने भएका हुन्।

सोमबार अष्ट्रेलियाको एक अदालतले एलन मस्कको कम्पनी एक्सलाई सिड्नीको चर्चमा भएको आक्रमणको भिडियो हटाउन आदेश दिएको थियो।

अष्ट्रेलियन प्रधानमन्त्रीले अब एलन मस्कलाई ‘घमण्डी अर्बपति’ भनेका छन्।

एलन मस्कले अष्ट्रेलियन सरकारमाथि सेन्सरसिपको आरोप लगाउँदै एक मिम शेयर गरेपछि प्रधानमन्त्रीको अल्बानीजको यस्तो बयान आएको हो।

अदालतको आदेशपछि एक्सले अष्ट्रेलियन प्रयोगकर्ताका लागि बिशपमाथिको आक्रणमको भिडियो हटाए पनि विश्वका बाँकी क्षेत्रमा भने हटाएको थिएन।

मंगलबार प्रधानमन्त्री अल्बानीजने एबीसी न्यूजसँग कुरा गर्दै भनेका थिए, ‘एलन मस्कलाई आफू कानूनबाट मात्र नभएर शिष्टता र शालीनताभन्दा पनि माथि छु भन्ने लाग्छ।’

गत हप्ता, अष्ट्रेलियाको स्वतन्त्र नियामक ई-सुरक्षा आयुक्तले एक्स र अन्य सोशल मिडिया कम्पनीहरूलाई गुड शेफर्ड चर्चमा भएको आक्रमणको भिडियोहरू नहटाए भारी जरिवाना लगाउने चेतावनी दिएको थियो।

११ बैशाख, २०८१, १४:०७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।