कनेक्टआईपीएसबाट स्कूलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउने अवसर

कनेक्टआईपीएसबाट स्कूलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउने अवसर

काठमाडौं : कनेक्टआईपीएसले स्कूलको फि भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने सुनौलो अवसर ल्याएको छ।

अफर अन्तर्गत २० जना भाग्यशाली विद्यार्थीहरूले भुक्तानी गरेको रकम वा अधिकतम १० हजार रुपैयाँसम्मको छात्रवृत्ति रकम प्राप्त गर्न सक्नेछन्।

यो अफर कनेक्टआईपीएसबाट वैशाख ३१ गते सम्म अनलाइन फी भुक्तानी गर्दा लागू हुनेछ।

अफरको अन्त्यपछि कनेक्टआईपीएसको आधिकारिक वेबसाइटमा विजेताको जानकारी गराइनेछ।

साथै भुक्तानी गरिएको बैंक खातामा नै छात्रवृत्तिको रकम जम्मा गरिने जनाइएको छ। कनेक्टआईपीएसबाट सात सयभन्दा बढी स्कूलहरूको भुक्तानी गर्न सकिन्छ।

११ बैशाख, २०८१, १२:०१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।