नेपालविरुद्ध ऐतिहासिक सिरिज खेल्ने १५ सदस्यीय ‘वेस्ट इन्डिज ए’ टोली घोषणा

नेपालविरुद्ध ऐतिहासिक सिरिज खेल्ने १५ सदस्यीय ‘वेस्ट इन्डिज ए’ टोली घोषणा

काठमाडौं : ऐतिहासिक नेपाल भ्रमणका लागि क्रिकेट वेस्ट इन्डिजले रोस्टन चेसको नेतृत्वमा १५ सदस्यीय ‘वेस्ट इन्डिज ए’ टोली घोषणा गरेको छ।

अप्रिल २७ देखि मे ४ सम्म हुने पाँच खेलको टी२० सिरिजका लागि घोषणा गरिएको टोलीको उप-कप्तान माख एलिक एथानाज रहेका छन्।

खेल २७ र २८ अप्रिल तथा मे १, २ अनि ४ मा त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजे सुरू हुनेछ।

आईसीसी टी२० विश्वकप क्रिकेटको तयारीका लागि पनि यसले मद्दत गर्ने दुवै बोर्डको विश्वास छ। वेस्ट इन्डिजले पहिलो पटक नेपाल भ्रमण गर्न लागेकाले उसले यसलाई ऐतिहासिक भ्रमण भनेको छ।

चेसलाई कप्तानको रूपमा छनोटबारे टिप्पणी गर्दै, क्रिकेट वेस्ट इन्डिजका प्रमुख चयनकर्ता डा. द मोस्ट माननीय डेसमन्ड हेन्सले चेसको लगनशीलता र नेतृत्व कौशलको प्रशंसा गरे।

साथै उनले नेपाल भ्रमणले आईसीसी पुरुष टी-२० विश्वकपको तयारीको चरणमा महत्वपूर्ण कदम अगाडि बढ्ने बताएका छन्।

‘यसले आईपीएलमा नआएका हाम्रा खेलाडीहरूलाई प्रतिस्पर्धी टी२० क्रिकेट खेल्ने अवसर दिएको छ,’ उनले भने, ‘साथै हामीलाई केही उदीयमान सम्भावनाहरू उजागर गर्ने अवसर प्रदान गर्दछ।’

वेस्ट इन्डिजले टोली घोषणा गर्दा नेपाली टोली भने अझै घोषणा भइसकेको छैन।

वेस्ट इन्डिज ए टोली:-
रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलेन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स्, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याक्वे, गुडाकेश मोशन, किमो पल, ओशाने थोमस, हेडेन वाल्श

मुख्य प्रशिक्षकः फ्लोयड रेफर
सहायक कोचः रेयन ग्रिफिथ
फिजियोथेरापिस्टः नील ब्यारी
शक्ति र कन्डिसन कोचः शेन कूपर
टोली प्रबन्धक र विश्लेषकः अवनेश सीताराम

११ बैशाख, २०८१, ०८:०६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।