सर्लाही र चितवनमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

सर्लाही र चितवनमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

काठमाडौं : सर्लाही र चितवनमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। छ जना घाइते भएका छन्।

सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्रयाक्टर दुर्घटना हुँदा १७ वर्षीय राजकुमार सिंहको मृत्यु भएको हो।

सोमबार मध्यरात हरिपुर्वाबाट पिप्राभित्ता जाँदै गरेको ट्रयाक्टर बरहथवा नगरपालिका-१५ स्थित नहरको बाटोमा दुर्घटना हुँदा एकै परिवारका चार जना घाइते भएका छन्।

घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए।

यस्तै, सोमबार साँझ चितवनको भरतपुर महानगरपालिका-३ बेलचोकमा बाह्रघरेबाट बेलचोकतर्फ आउँदै गरेको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री भरतपुर महानगरपालिका–११ गणेशस्थानका ६० वर्षीय कुमार गुरुङको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीका अनुसार मोटरसाइकल चालक मकवानपुर मनहरी गाउँपालिका-३ का ३३ वर्षीय सुदर्शन अधिकारी र मोटरसाइकल पछाडि सवार भरतपुर-९ वसन्तचोकका ४९ वर्षीय सन्तोष बुर्लाकोटी घाइते भएका छन्।

घाइते दुवैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

११ बैशाख, २०८१, ०७:४३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।