'आज सत्तामा कम्युनिष्ट छैनन्, सबै प्रतिक्रियावादी छन्'

'आज सत्तामा कम्युनिष्ट छैनन्, सबै प्रतिक्रियावादी छन्'

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन बैद्यले प्रतिक्रियावादीहरुले कम्युनिष्ट आन्दोलनलाई बद्नाम गर्न खोजेको आरोप लगाएका छन्। 

सोमबार १५५ औं लेनिन जयन्तीको सन्दर्भमा सोमबार आयोजित साम्राज्यवादी युगमा लेनिनवादको महत्व विषयक अन्तरक्रिया कार्यक्रममा उनले सत्तामा कम्युनिष्ट नभएको भन्दै प्रतिक्रियावादीहरुले सत्तामा, सरकारमा कम्युनिष्ट छ केही पनि गर्न सकेको छैन भनेर बद्नाम मात्र गर्न खोजेको बताए। 

उनले भने, ‘आज सत्तामा कम्युनिष्ट छैनन्, सबै प्रतिक्रियावादीहरुले सत्तामा, सरकारमा कम्युनिष्ट छ केही पनि गर्न सकेको छैन भनेर बद्नाम गर्ने काम गरेका छन्। हाम्रो भनाइ भनेको ती कम्युनिष्ट होइनन्। उनीहरुले कम्युनिष्टको नाम जप्छन् मात्रै।’ 

कम्युनिष्ट आन्दोलन कमजोर भएको छ भए पनि लगातार काम गर्ने हो भने सफल हुने उनको भनाइ छ। 

उनले दक्षिणपन्थी अवसरवादीहरुले कम्युनिष्टको झण्डा चोरेर मार्क्सवाद, लेनिनवाद र माओवादको नाम जपेर संसदवाद र प्रतिक्रियावादको खेती गरिरहेको पनि बताए। 

वैशाख १०, २०८१ सोमबार २०:५०:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।