फोनपेद्वारा नेपालको पहिलो ‘डोमेस्टिक’ क्रेडिट कार्डको सुरुआत

फोनपेद्वारा नेपालको पहिलो ‘डोमेस्टिक’ क्रेडिट कार्डको सुरुआत

काठमाडौं : फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुआत गरेको छ। 

डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल अन्तर्गत संस्थाले नेपालमा पहिलो पटक पूर्णरूपमा डिजिटल क्रेडिट कार्डको सुरुआत सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडसँगको सहकार्यमा गरेको जनाएको छ।

नेपालका बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकहरूलाई फोनपे कार्ड स्किम अन्तर्गत रही पूर्णरूपको डिजिटल क्रेडिट कार्ड आफ्नो मोबाइल बैंकिङ एपमार्फत उपलब्ध गराउन सक्नेछन्। 

सिटिजन्स बैंक यस्तो कार्ड जारी गर्ने नेपालको पहिलो बैंक भएको छ। सिटिजन्स बैंकका ग्राहकहरूले यस क्रेडिट कार्डको सुविधा बैंकको मोबाइल बैंकिङ एपमार्फत लिन सक्ने जनाइएको छ। 

नेपाल राष्ट्र बैंकले परिकल्पना गरेको नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम अन्तर्गत नेपाल राष्ट्र बैंकबाट यस संस्थालाई प्राप्त अनुमति बमोजिम भएको बताइएको छ।

उक्त क्रेडिट कार्ड पूर्णरूपमा डिजिटल अनबोडिङ र जारी हुने तथा हाल फोन पे क्यूआरमा आबद्ध करिब १४ लाख व्यवसायीको स्थानमा प्रयोग गर्न सकिने फोनपेले जनाएको छ।   

१० बैशाख, २०८१, १६:०७:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।