घट्यो नेप्से, कारोबार रकम दुई अर्बमा सीमित

काठमाडौं : नेप्से परिसूचक १५.४१ अंक घटेर बन्द भएको छ।
सोमबार नेप्से परिसूचक ०.७७ प्रतिशतले घटेर १९६९.०२ विन्दुमा बन्द भएको हो।
आज दुई अर्ब पाँच करोड रुपैयाँको सेयर कारोबार भएको छ। आइतबार दुई अर्ब २५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।
यसदिन समूहगत परिसूचकमध्ये म्यूचुअल फन्ड समूहको परिसूचक वृद्धि भएको छ। बाँकी सबै समूहको परिसूचक घटेको छ। म्युचुअल फन्ड समूहको परिसूचक ०.०२ प्रतिशतले बढेको छ।
फाइनान्स समूहको परिसूचक सर्वाधिक घटेको छ। यो समूहको परिसूचक २.१० प्रतिशतले घटेको छ।
आज ४९ कम्पनीको १८६ कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी १० कम्पनीको सेयर मूल्य स्थिर छ।
कारोबारमा आएकामध्ये पिपुल्स पावर लिमिटेडको सेयर मूल्य ६.९१ प्रतिशतले वृद्धि भएको छ। डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्य भने ७.३७ प्रतिशतले घटेको छ।
आज पनि गुर्खाज फाइनान्सको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ। यो कम्पनीको ११ करोड ५४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ।
वैशाख १०, २०८१ सोमबार १५:५३:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।