श्रीलंकाली सेनाले आयोजना गरेको कार रेसिङमा दुर्घटना : सात जनाको मृत्यु, १८ जना घाइते

श्रीलंकाली सेनाले आयोजना गरेको कार रेसिङमा दुर्घटना :  सात जनाको मृत्यु, १८ जना घाइते

एजेन्सी : श्रीलंकामा रेसिङ कार्यक्रममा कार अनियन्त्रित भई दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।

आइतबार श्रीलंकाको सेन्ट्रल हिल्स क्षेत्रमा भएको दुर्घटनामा १८ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

मृत्यु हुनेमा दौड आयोजना गर्ने अधिकारी, दर्शक र ८ वर्षीया बालिका रहेको सेनाले जनाएको छ।

दौड श्रीलंकाली सेनाले दियातलावामा आयोजना गरेको थियो र यो श्रीलंकाली सेनाको २८औं कार्यक्रम थियो।

दौड प्रतियोगिता हेर्न करिब एक लाख दर्शक पुगेका थिए। तर, यो दुर्घटनापछि कार्यक्रम बीचमै रद्द भएको थियो।

प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको छ।

१० बैशाख, २०८१, १२:०९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।