उप-निर्वाचनमा करिब १७ सय कर्मचारी खटाइने

उप-निर्वाचनमा करिब १७ सय कर्मचारी खटाइने

काठमाडौं : वैशाख १५ गते इलाम र बझाङमा हुन लागेको उप-निर्वाचनमा करिब एक हजार सात सय कर्मचारी खटाइने भएको छ।

निर्वाचन आयोगले उप-निर्वाचनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयहरूलाई निर्देशन दिइसकेको छ।

आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा सात जना कर्मचारी रहने गरी कर्मचारीको प्रबन्ध मिलाइनेछ। उप-निर्वाचनमा इलाम-२ मा १४९ मतदान केन्द्र तोकिएका छन् भने बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएका छन्।

मतदान केन्द्र अनुसार इलाममा एक हजार ४३ र बझाङमा ६५१ गरी कुल एक हजार ६९४ जनशक्ति परिचालन गरिने आयोगले जनाएको छ।

प्रत्येक केन्द्रमा एक-एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा पाँच जना सहयोगी कर्मचारी रहनेछन्। उप-निर्वाचनमा परिचालन हुने जनशक्ति निर्वाचन अधिकृतको कार्यालयले नियुक्त गर्ने कानुनी व्यवस्था छ।

१० बैशाख, २०८१, ०९:३३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।