विवाहबाट फर्कँदै गरेको कार ट्रकसँग ठोक्किँदा ९ जनाको मृत्यु

विवाहबाट फर्कँदै गरेको कार ट्रकसँग ठोक्किँदा ९ जनाको मृत्यु

एजेन्सी : भारतको राजस्थानको झालावार जिल्लामा आज बिहान ट्रकसँग कार ठोक्किँदा विवाहबाट फर्केका नौ जनाको मृत्यु भएको  छ। 

दुर्घटना एकलेरा गाउँ नजिकै बिहान २:४५ बजे भएको बताइएको छ। 
 
भोपालको डुङ्गरी गाउँमा विवाहबाट फर्कँदै गर्दा दुर्घटना भएको झालावारका प्रहरी उपरीक्षक ऋचा तोमरले जानकारी दिइन्।

दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य सात जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो। 

दुर्घटनामा एक जना गम्भीर घाइते भएकालाई झालावारको सरकारी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

९ बैशाख, २०८१, १०:२५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।