सेनामा खुल्यो जागिर, २५ सय जनाका लागि आवेदन माग

सेनामा खुल्यो जागिर, २५ सय जनाका लागि आवेदन माग

काठमाडौँ : नेपाली सेनाले दुई हजार पाँच सय ७४ जना कर्मचारीका लागि आवेदन मागेको छ। सेनाको देशभरका कार्यालयका लागि कर्मचारी मागेको हो।

स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सी., सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार) पदका लागि सेनाले भर्ना आव्हान गरेको हो।

सेनाको भर्ना छनौट निर्देशनालयका अनुसार जेठ १२ गतेसम्म दरखास्त दिन सकिने छ। दरखास्तदाताका लागि कक्षा ८ उर्तिण गरेका महिला तथा पुरुष र १८ वर्ष पुरा भई २२ वर्ष ननाघेको योग्यता तोकेको छ।

वैशाख ९, २०८१ आइतबार ०८:१६:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।