झाडीबाट अचानक निस्किएको चितुवाले आक्रमण गर्दा भक्तपुरमा १४ वर्षीय बालिका घाइते

झाडीबाट अचानक निस्किएको चितुवाले आक्रमण गर्दा भक्तपुरमा १४ वर्षीय बालिका घाइते

काठमाडौं : भक्तपुरमा चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन्। 

चाँगुनारायण नगरपालिका–४ साङदहस्थित मामाघरमा पढ्न बसेकी १४ वर्षीया चयन बस्नेतलाई चितुवाले आक्रमण गरेको हो। 

घर नजिकै कोही नबस्ने खाली घरमा खेल्न जानेक्रममा झाडीबाट अचानक निस्किएको चितुवाले उनीमाथि आक्रमण गरेको थियो। 

उनी सख्त घाइते अवस्थामा भेटिएकी थिइन्। 

उनलाई उपचारका लागि टेकु अस्पताल पुर्याइएको भक्तपुरका डीएसपी राजन कार्कीले जानकारी दिए।

वैशाख ९, २०८१ आइतबार ०७:५४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।