पाकिस्तानमा कराँचीमा जापानी नागरिक चढेको कारमा आत्मघाती आक्रमण

पाकिस्तानमा कराँचीमा जापानी नागरिक चढेको कारमा आत्मघाती आक्रमण

एजेन्सी : पाकिस्तानको कराँचीमा जापानी नागरिक चढेको कारमा आत्मघाती आक्रमण भएको छ।

शुक्रबार बिहान भएको आक्रमणमा दुई आक्रमणकारीको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएको प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छ्न्।

आक्रमणकारीले जापानी नागरिकको कार नजिकै आफूलाई विस्फोट गराएको तर कार केही दूरीमा रहेकोले जापानी नागरिक सकुशल रहेको समाचारमा उल्लेख छ।

चिनियाँ नागरिकलाई लक्षित गरी यो हमला गरिएको हुनसक्ने प्रहरीले जनाएको छ।

७ बैशाख, २०८१, १४:२१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।