प्रधानमन्त्रीपछि राष्ट्रपति गुहार्न पुगे विपिन जोशीका परिवार

प्रधानमन्त्रीपछि राष्ट्रपति गुहार्न पुगे विपिन जोशीका परिवार

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष इजरायलमा बेपत्ता भएका कञ्चनपुर भीमदत्त नगरपालिकाका विपिन जोशीको परिवारले छिटो र सकुशल उद्धारका लागि आग्रह गरेका छ्न्।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार जोशीका आमाबाबुसहितको टोलीले राष्ट्रपति पौडेललाई भेटेर विपिनको सकुशल उद्धार गरिदिन आग्रह गरेका हुन्।

सो अवसरमा राष्ट्रपति पौडेलले यसबारेमा आफू चिन्तित रहेको र उद्धारका लागि आफ्नोतर्फबाट सकारात्मक पहल हुने विश्वास दिलाए।

२०८० असोज २० गते इजरायलमा हमासले गरेको आक्रमणमा परी दश नेपालीको मृत्यु भएको थियो भने जोशी सम्पर्कविहीन भएका थिए।

आजै विहान विपिनका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर सकुशल उद्धारका लागि आग्रह गरेका थिए।

७ बैशाख, २०८१, १३:४८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।