एसीसी प्रिमियर कप : नेपालको तेस्रो विकेट पतन, १८ बलमा ५ रन बनाएर रोहित आउट
काठमाडौं : एसीसी मेन्स प्रिमियर कपको पहिलो सेमिफाइनलमा यूएईविरुद्ध नेपालको तेस्रो विकेट पतन भएको छ।
१८ बलमा पाँच रन मात्र बनाएर कप्तान रोहित पौडेल आउट भएका हुन्। उनलाई यूएईका अली नसीरले सातौं ओभरको अन्तिम बलमा आउट गरे।
यसअघि चौथो ओभरको तेस्रो बलमा आशिफ शेखलाई साफी रहमानको बला एलबीडब्लु आउट भएका थिए। आशिफले ११ बलमा ८ रन मात्र बनाउन सके।
त्यसअघि कुशल भुर्तेललाई जुनैद सिद्दिकीले खेलै पहिलो बलमा आउट गरेका थिए। अहिले क्रिजमा कप्तान सन्दीप जोरा र कुशल मल्ल छन्।
यूएईका कप्तान मोहमद वासिमले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएपछि नेपालले पहिले ब्याटिङ गर्दैछ।
नेपालले पछिल्लो खेलबाट एक परिवर्तन गरेको छ। साउदी अरबविरुद्ध खेलेका प्रतिश जिसीको स्थानमा सोमपाल कामी टिममा फर्किएका छन्।
नेपालको प्लेइङ ११:
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा, ललित नारायण राजवंशी
वैशाख ७, २०८१ शुक्रबार १२:२८:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।