एसीसी प्रिमियर कप : कुशल भुर्तेल पहिलो बलमै आउट

एसीसी प्रिमियर कप : कुशल भुर्तेल पहिलो बलमै आउट

काठमाडौं : एसीसी मेन्स प्रिमियर कपको पहिलो सेमिफाइनलमा यूएईविरुद्ध कुशल भुर्तेल पहिलो बलमै आउट भएका छन्।

जुनैद सिद्दिकीले हानेको बल भुर्तेलको ब्याटको एज लागेको थियो।

यूएईका कप्तान मोहमद वासिमले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएपछि नेपालले पहिले ब्याटिङ गर्दैछ।

नेपालले पछिल्लो खेलबाट एक परिवर्तन गरेको छ। साउदी अरबविरुद्ध खेलेका प्रतिश जिसीको स्थानमा सोमपाल कामी टिममा फर्किएका छन्।

नेपालको प्लेइङ ११:
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा, ललित नारायण राजवंशी

७ बैशाख, २०८१, ११:५०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।