इरानले इजरायलमा आक्रमण गरेको अमेरकी दावीपछि तेल र सुनको मूल्य बढ्यो

इरानले इजरायलमा आक्रमण गरेको अमेरकी दावीपछि तेल र सुनको मूल्य बढ्यो

एजेन्सी : अमेरिकी अधिकारीहरूले इरानमाथि इजरायलले आक्रमण गरेको पुष्टि गरेपछि विश्वभर तेल र सुनको मूल्य बढेको छ।

शुक्रबार एसियामा कच्चा तेलको मूल्यमा तीन प्रतिशतले वृद्धि भएको छ। कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब ९० डलर पुगेको छ।

योसँगै सुनको भाउले नयाँ कीर्तिमान छोएर प्रति औंस २४ सय डलर पुगेको छ। जापान, हङकङ र दक्षिण कोरियामा पनि बेन्चमार्क स्टकमा गिरावट आएको छ।

इरानको ड्रोन र मिसाइल आक्रमणपछि इजरायलको प्रतिक्रियामा लगानीकर्ताहरूले नजर राखेका छन्।

शुक्रबार बिहान दुई अमेरिकी अधिकारीहरूले इजरायलले इरानले मिसाइल हमला गरेको बताएका हुन्।

७ बैशाख, २०८१, १०:४०:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।