हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्वीकारोक्ति

हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्वीकारोक्ति

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) हावाबाट फैलिएको नयाँ तथ्य सार्वजनिक भएको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र संसारभरका पाँचसय बढी वैज्ञानिकले अन्ततः कोभिड संक्रमण हावाबाट फैलिएको स्वीकार गरेका छन्।

यस सम्बन्धमा अहिलेसम्म विभिन्न विज्ञहरूले विभिन्न दाबी गर्दै आएका थिए। यस सम्बन्धमा प्रमाणसहितका प्राविधिक कागजातहरू बिहीबार डब्ल्यूएचओको जेनेभा मुख्यालयबाट जारी गरिएको छ।

डब्ल्यूएचओले प्राविधिक कागजातले दादुरा र भविष्यमा महामारीको खतरा जस्ता विद्यमान रोगहरूको प्रसारलाई राम्रोसँग व्यवस्थापन गर्न रणनीतिहरू बनाउन पनि जोड दिएको छ।

कोभिड संक्रमण हावाबाट सर्ने संक्रामक रोगको श्रेणीमा राख्न सकिने पनि उल्लेख गरिएको छ। भाइरस हावाबाट मानिसहरूमा पुग्ने र त्यसले संक्रमित गराउन मद्दत गर्ने निष्कर्ष पनि वैज्ञानिकहरुले निकालेका छन्।

७ बैशाख, २०८१, ०८:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।