पार्किङ गरिएको जहाजको सिट पछाडिको पकेटभित्र भेटियो १ किलो सुन
![पार्किङ गरिएको जहाजको सिट पछाडिको पकेटभित्र भेटियो १ किलो सुन](https://ukeraa.prixacdn.net/media/albums/sun_1fBGqYd8bc.jpg )
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाजमा १ किलो सुन फेला परेको छ।
भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको इन्डिगो एयरको सिट पछाडिको पकेटभित्र बेवारिसे अवस्थामा उक्त सुन फेला परेको हो।
बुधवार बिहान जहाज अवतरणपछि पार्किङ भएको जहाजमा १ किलो ७० ग्राम सुन फेला परेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले बताए।
उनले भने, ‘बेवारिसे अवस्थामा भेटिएको उक्त सुनमा सिक्री तीन, सुनको बिस्कुट थान ६, त्रिभुज आकारको सुनजस्तो देखिने पहेँलो रङको धातुको टुक्राहरू दुई, सिक्री जोड्ने स–साना रिङ दुई फेला परेको छ, सोको कूल अन्दाजी तौल एक किलो ७० ग्राम रहेको छ ।’
उनका अनुसार सुन ल्याउने व्यक्तिको पहिचान भएको छैन।
जहाजको सिट नम्बर २७ चार्लीको पछाडि तथा २८ चार्लीको अगाडि सिट पकेटको तलपट्टि कालो र सेतो रङको टेपले बेरिएको अवस्थामा सुन फेला परेको शर्माले बताए।
वैशाख ६, २०८१ बिहीबार २१:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।