एनएमबी बैंकको ११ औँ हेरिटेज वाकको अवसरमा कीर्तिपुर महानगरलाई डस्टविन सहयोग
काठमाडौं : एनएमबी बैंकले ११ औँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ।
बैंकले बल्खु शाखाबाट सुरु गरी कीर्तिपुरमा अवस्थित उमा महेश्वर मन्दिर परिसरसम्मको पैदल यात्रा गरी ११ औँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको जनाएको छ।
बैंकले ‘हाम्रा सम्पदा हुन् खुला संग्रहालय, इतिहास र संस्कृतिका महाविद्यालय’ भन्ने मूल नाराको साथ मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्धन र साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सम्पन्न गरेको हो।
बैंकले नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा, एनएमबी बैंकका अध्यक्ष मनोजकुमार गोयल, सञ्चालक जीवनकुमार कट्वाल, उत्तम भ्लोन, हरिश्चन्द्र सुवेदी, शिरिषकुमार मुरारका, बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, कीर्तिपुर महानगरपालिका प्रतिनिधिहरू, बैंकका कर्मचारीलगायत सर्वसाधारणहरू गरी लगभग ७५० जनाको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा वाग्मती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यको उपस्थिति थियो।
सोही अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाइटीलाई पाँच लाख रुपैयाँको सहयोगसहित कीर्तिपुर महानगरपालिकालाई डस्टविनहरू समेत हस्तान्तरण गरिएको बैंकले जनाएको छ।
वैशाख ६, २०८१ बिहीबार २१:०२:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।