शिल्पा शेट्टीका पति राज कुन्द्राको ९७ करोडको सम्पत्ति जफत

एजेन्सी : भारतीय व्यापारी एवं बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राको ९७ करोड ७९ लाख रुपैयाँ बराबरको चल/अचल सम्पत्ति जफत गरिएको छ।
लान्ड्रिंग रोकथाम ऐन (पीएमएलए) २००२ अन्तर्गत प्रवर्तन निदेशालय(ईडी)ले कुन्द्राको उक्त रकम बराबरको चल/ अचल सम्पत्ति जफत गरेको बीबीसीले जनाएको छ।
जफत गरिएको सम्पत्तिमा राज कुन्द्राकी पत्नी तथा बलिउड अभिनेत्री शिल्पा शेट्टीको नाममा रहेको जुहूमा रहेको फ्ल्याटसमेत समावेश छ।
यस बाहेक राज कुन्द्राको नाममा रहेको पुणेको फ्ल्याट र इक्विटी शेयर पनि जफत गरिएको समाचारमा उल्लेख छ।
जुलाई २०२१ मा, मुम्बई प्रहरीले व्यवसायी राज कुन्द्रालाई अश्लील फिल्म बनाउने र एपमार्फत उपलब्ध गराएको आरोपमा पक्राउ गरेको थियो।
पछि राज कुन्द्राले जमानत पाएका थिए।
वैशाख ६, २०८१ बिहीबार १३:३९:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।