जम्मूकश्मीरमा अतिवादी समूहको गोली लागेर एक मजदुरको मृत्यु

जम्मूकश्मीरमा अतिवादी समूहको गोली लागेर एक मजदुरको मृत्यु

एजेन्सी : भारतकाे जम्मू कश्मीर प्रहरीले अनन्तनाग जिल्लामा एक मजदुरको गोली लागेर मृत्यु भएको जनाएको छ।

यसअघि जम्मु कश्मीर प्रहरीले अनन्तनाग जिल्लामा एक मजदुरलाई गोली हानी मारिएको दाबी गरेको थियो।

प्रहरीका अनुसार गोली लागेपछि मजदुरलाई उपचारका लागि अस्पताल लगिएकोमा उनको त्यहिँ मृत्यु भएको हो।

प्रहरीले भन्यो, ‘आतंकवादीको गोली लागेर घाइते भएका ती व्यक्तिको अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भयो। अहिले खोजी अभियानलाई जारी राखिएको छ।’

बुधबार अबेर राति कश्मीर प्रहरीले घटनाबारे जानकारी गराउँदै बिहारका एक नागरिकको उपचारको क्रममा मृत्यु भएको बताएको थियो।

प्रहरीले भनेको थियो, ‘आतंकवादीहरूले राजु शाह नामका एक मजदुरमाथि हमला गरेका छन् र उनी गम्भीर घाइते भएका छन्। बिहारका राजु अनन्तनागको जबलीपुरा बिजबेहेरामा बस्छन्।’

६ बैशाख, २०८१, ०९:०७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।