एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपालले यूएईसँग खेल्ने

एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपालले यूएईसँग खेल्ने

काठमाडौँ : ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले रुपमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग  खेल्ने भएको छ। 

समूह चरणको अन्तिम खेलमा ओमानले कुवेतलाई ४६ रनले पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो।

सेमिफाइनलका दुवै खेल शुक्रबार हुनेछन्। प्रतियोगिताको अर्को सेमिफाइनल खेल हङकङ र ओमानबीच हुनेछ। 

सेमिफाइनलमा पराजित हुने टोलीले शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ। 

फाइनल खेल आइतबार हुनेछ।

नेपाल प्रतियोगिताको साबिक विजेता पनि हो। 

५ बैशाख, २०८१, २१:०१:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।