नेपाललाई साउदीको ७४ रनको लक्ष्य
काठमाडौं : एसीसी प्रिमियर कप २०२४ मा साउदी अरबले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ। अलअमरेत क्रिकेट ग्राउण्ड २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साउदीले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको छ।
साउदीका ओपनर अब्दुल वाहिदले सर्वाधिक ३७ बनाए। अन्य कुनैपनि साउदीका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका करण केसीले २ विकेट लिएका थिए। अभिनाश बोहराले २ विकेट लिए। प्रतिश जि.सी र ललित राजवंशीले १–१ विकेट लिएका थिए।
नेपालले पाँच रनमा दोस्रो विकेट गुमाइसकेको छ। पानीले पिच बिगार्दा ढिला खेेल हुँदा आठ ओभरमा झरेको थियो। नेेपाल सेमिफाइनलमा पुुगिसकेको छ।
वैशाख ५, २०८१ बुधबार १५:१६:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।