२७२ किलो गाँजासहित कन्टेनर र चालक नियन्त्रणमा

२७२ किलो गाँजासहित कन्टेनर र चालक नियन्त्रणमा

काठमाडौं : रुपन्देहीको रोहिणी गाउँपालिका–१, स्थित हुलाकी सडकखण्ड अन्तर्गत बाइपास इलाकाबाट २७२ किलो ३३ ग्राम गाँजासहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार सशस्त्र प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको यूपी ७८ बीटी ८२९७ भारतीय नम्बरको कन्टेनरलाई विशेष सूचनाको आधारमा जाँच गर्दा उक्त परिमाणमा गाँजा भेटाएको थियो। चालकको सिटमाथि फल्स बटम बनाई लुकाइ छिपाई लैजाँदै गरेको गाँजा फेला पारेको बताइएको छ।  

रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापामगरको कमानडमा खटिएको टोलीले गाँजा फेला पारेपछि कन्टेनर र चालक भारत घर भएका ३६ वर्षीय सतनम सिंहलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

उनका अनुसार नियन्त्रणमा लिइएका सिंहलाई बरामद गाँजा र कन्टेनरसहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको छ। 

४ बैशाख, २०८१, १६:३६:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।