अमेरिकामा मनाइयो ‘नेपाल डे परेड’

अमेरिकामा मनाइयो ‘नेपाल डे परेड’

न्यूयोर्क : अमेरिकाको सानफ्रान्सिस्को शहरमा ‘नेपाल डे परेड २०२४’को मनाइएको छ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका , क्यालिफोर्निया राज्य च्याप्टर, वेष्ट रिजन कमिटी, नेपाल आदिवासी जनजाती महासंघ, क्यालिफोर्नियालगायत क्यालिफोर्नियाका सक्रिय संघ संस्थाहरुको संयुक्त आयोजनामा ‘नेपाल डे परेड’को आयोजना गरिएको छ।

परेडमा नेपाली कला संस्कृति झल्कने झाँकी, खेलकुद प्रतियोगिता, नृत्यसहितका आकर्षक कार्यक्रमको आयोजना गरिएको र परेडले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याएको एनआरएनए अभियन्ता दिक्षा बस्नेतले जानकारी दिइन। सानफ्रान्सिस्को शहरमा यसअघि पनि नेपाल डे परेड आयोजना गरिएको थियो।

परेडमा  क्यालिफोर्नियाको संघसंस्थाहरू आफ्नो ब्यानरसहित उपस्थित थिए। नेपाली पोशाक र नेपाली झण्डामा उपस्थित सयौं नेपालीहरूले नेपालको पर्यटन प्रवर्द्धन हुनेगरी सामग्रीहरू प्रदर्शन गरेका थिए। परेडले नेपाली समुदाय र क्यालिफोर्निया राज्य सरकारसँगको सम्बन्धमा थप घनिष्ठता बढेको आयोजकले दाबी गरेको छ।

वैशाख ४, २०८१ मंगलबार १२:२७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।