जम्मू कश्मीरको झेलम नदीमा डुङ्गा पल्टिँदा चार जनाको मृत्यु

जम्मू कश्मीरको झेलम नदीमा डुङ्गा पल्टिँदा चार जनाको मृत्यु

एजेन्सी : भारतको जम्मू कश्मीरको झेलम नदीमा डुङ्गा पल्टिँदा चार जनाको मृत्यु भएको छ।

यो घटना मंगलबार बिहान श्रीनगरको नौगाम क्षेत्रमा भएको हो। बीबीसीका सहयोगी पत्रकार माजिद जहाँगीरले भने कि श्रीनगरका जिल्ला आयुक्तले घटनाको पुष्टि गरेका छन्।

श्रीनगरको एसएमएचएस अस्पतालका सुपरिटेन्डेन्टका अनुसार सात जनालाई अस्पतालमा ल्याइएको थियो, जसमध्ये चार जनाको मृत्यु भएको छ भने तीन जनाको उपचार भइरहेको थियो।

एसडीआरएफ टोली घटनास्थलमै रहेको र धेरैलाई उद्धार गरिएको बीबीसीले जनाएको छ। तर, खोजी तथा उद्धार कार्य जारी रहेको छ। उक्त डुङ्गामा केही बालबालिका समेत रहेको स्थानीयले बताएका छन्।

घटनाको खबर बाहिरिएपछि जम्मू कश्मीरका पूर्व मुख्यमन्त्री तथा नेशनल कन्फ्रेन्सका नेता ओमर अब्दुल्लाले एक्समा लेखेका थिए, ‘श्रीनगर नजिकै लसजानको झेलम नदीमा डुङ्गा पल्टिएको खबरले चिन्तित छु। म आशा र प्रार्थना गर्दछु। डुङ्गामा सवार सबै मानिसलाई छिट्टै सकुशल उद्धार गरियोस्।’

४ बैशाख, २०८१, ११:००:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।