ईपीएलमा आर्सनल पराजित

ईपीएलमा आर्सनल पराजित

एजेन्सी : लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ। आर्सनल आइतबार एस्टन भिल्लासँग २-० ले पराजित भएको छ।

उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ। खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो।

लियोन बेली र वली वाटकिन्सले गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाएका थिए। बेलीले ८३औं र वाटकिन्सले ८६औं मिनेटमा गोल गरेका थिए।

त्यसअघि लिभरपुल क्रिस्टल प्यालेससँग १-० ले पराजित भएको थियो। अर्को खेलमा फुलहमले वेस्टहम युनाइटेड २-० ले हराएको छ।

शीर्षस्थानको सिटीको ७३ अंक छ। दोस्रो स्थानको आर्सनल र तेस्रो स्थानको लिभरपुलको समान ७१ अंक छ।

चौथो स्थानमा रहेको एस्टन भिल्लाले लिभरपुल र आर्सनलसँगको दुरी कम गराएको छ भने पाँचौं स्थानको टोटनहमलाई पछि पारेको छ। भिल्लाको ६३ र टोटेनहमको ६० अंक छ।

३ बैशाख, २०८१, ०९:०६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।