धादिङमा मल बोकेको ट्रक दुर्घटना : एकको मृत्यु, ८ जना घाइते

धादिङमा मल बोकेको ट्रक दुर्घटना : एकको मृत्यु, ८ जना घाइते

काठमाडौं : धादिङको खाल्टेमा मल बोकेको ट्रक दुर्घटना हुँदा घाइते भएका एकज नाको मृत्यु भएको छ। ८ जना घाइते भएका छन्। 

मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका– ५ फ्याक्सीका १० वर्षीय सन्तोष रम्तेल रहेकाे जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए। 

घाइते अन्य ८ जनालाई एम्बुलेन्सबाट जिल्ला अस्पताल धादिङतर्फ ल्याइँदै गरेको उनले बताए। उनीहरुको पहिचान भने खुल्न सकेको छैन।

खाल्टेको पतेनीबाट मल बोकेर पतेनी बेँसीतर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको ट्रक पिमल खोलानजिकै पाल्पाली टोलमा आज बिहान १० बजेतिर दुर्घटनामा परेको हो।  

२ बैशाख, २०८१, १२:३१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।