इलाममा एकीकृत समाजवादी जिताउने कमान्डर बने झलनाथ

इलाममा एकीकृत समाजवादी जिताउने कमान्डर बने झलनाथ

काठमाडौं : एकीकृत समाजवादीले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई लक्षित गरी पार्टीका उमेदवारलाई सघाउन निर्वाचन ‘कमान्डर’ तोकेको छ।  

प्रतिनिधिसभा निर्वाचन इलाम क्षेत्र नं–२ मा पार्टीका सम्मानित नेता झलनाथ खनाललाई कमान्डर तोकिएको जनाइएको छ।

चुनावमा सम्बन्धित जिल्ला तथा प्रदेशका नेता तथा कार्यकर्तालाई परिचालन गर्ने जिम्मेवारीसहित उनीहरूलाई खटाइएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिए। 

पार्टीले निर्वाचन क्षेत्रमा आवश्यक सहजीकरण गर्न पार्टीका उपाध्यक्ष प्रमेश हमालको संयोजकत्वमा महासचिव घनश्याम भुसाल र सचिव जीवनराम श्रेष्ठ रहेको कार्यदल पनि गठन गरेको छ।

त्यस्तै, प्रदेशको बझाङ–१ (क) मा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पार्टी सचिव गरिमा शाहलाई जिम्मेवारी तोकिएको एकीकृत समाजवादीले जनाएको छ। 

वैशाख २, २०८१ आइतबार ११:१८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।